
तपाईंलाई थाहा भएको चीनको पूरानो वंशको ग्रेट वालको पश्चिमी भागको शुरुवात विन्दु च्या यु क्वान नाका हो। ग्रेट वालको पहिलो सूचना प्रवाह गर्ने स्थान पनि च्या यु क्वान शहरमा पर्छ। चीनको पूरानो राजवंशकालमा यस्ता सूचना प्रवाह गर्दा आगो बालेर महत्वपूर्ण सूचना प्रवाह गरिन्थ्यो। यस वर्ष पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रममा च्या यु क्वान नाकालाई पनि समेटिएको छ। यस खबरले च्या यु क्वान शहरका बासिन्दाहरुलाई साह्रै खुशी तुल्याएको छ। ओलम्पिकको पवित्र राँको बोक्ने व्यक्ति बन्नका लागि नाम दर्ता कार्य शुरु भएको एक महिनामा च्या यु क्वान शहरको खेलकुद विभागमा स्थापित दर्ता स्थानमा मानिसहरुको भिड लागेको थियो। नाम दर्ताका लागि टेलिफोन गर्ने तथा वेभ-साइटबाट नाम दर्ता गराउनचाहनेहरुको भिडै लागेको थियो। खेलकुद विभागले सम्बन्धित प्रक्रिया बमोजिम दर्ता गर्ने व्यक्तिहरुको उमेर तथा शारीरिक अवस्थालगायत विभिन्न शर्तको गम्भिरताका साथ छानबीन गरेर विभिन्न कार्यमा रहेका उत्कृष्ठ व्यक्तिलाई उक्त राँको बोक्ने व्यक्ति तथा राँको बोक्ने व्यक्तिका लागि सहयोगी छनौट गरेको छ।
चौंतीस वर्षीय तु येनले प्राथमिक विद्यालयमा पढ्दा लामो दूरीको दौडको अभ्यास शुरु गर्नुभएको थियो। चौबीस वर्षको उमेरमा उहाँले व्यावसायिक खेलकुद टोलीबाट अवकाश लिएपछि च्या यु क्वान शहरको खेलकुद विभागमा काम गर्न शुरु गर्नुभयो। सन् 1990 मा चीनले एशियाली खेलकुदको आयोजना गर्दा राँको बोक्ने व्यक्तिको हैसियतले उहाँले राँको बोकेर च्या यु क्वान शहर घुम्नुभएको थियो। अहिले उनले ओलम्पिक खेलकुदको राँको बोक्ने व्यक्तिका लागि उम्मेदवार बन्ने व्यक्तिहरुको सूचीमा प्रवेश गर्नुभएको छ। उहाँले राँको रिले प्रक्रियाले खेलाडीको मानसिक छवि अभिव्यक्ति गरेको छ भन्दै राँको बोक्ने हरेक व्यक्ति तथा सहयोगीले चिनियाँ नागरिकको गुणस्तर प्रदर्शन गर्नुपर्ने ठहर व्यक्त गर्नुभएको छ। उहाँ भन्नुहुन्छ,

बितेका एक सय वर्षमा चीनले पहिलो पटक ओलम्पिक खेलकुदको आयोजना गर्दैछ। ओलम्पिक खेलकुदको राँको बोक्ने व्यक्ति बन्नपाएको खण्डमा म धेरै गौरवान्वित हुनेछु। त्यति बेला यस कामलाई राम्रोसँग गर्नुपर्छ।
ओलम्पिक खेलकुदको राँकोको रिले कार्यक्रम सुचारुरुपमा चल्नका लागि च्या यु क्वान शहरको सम्बन्धित विभागले राँको बोक्ने व्यक्ति तथा तीनका सहयोगीलाई तालिम दिने योजना तर्जुमा गर्नुका साथै शहरको आधारभूत प्रबन्धको निर्माण तथा टेलिभिजनबाट प्रसारणका लागि जोडतोडसँग तयारी गरिरहेको छ। च्या यु क्वान खेलकुद विभागका प्रमुख मंग छिंग शुन यसबारे जानकारी दिंदै भन्नुहुन्छ,
च्या यु क्वानमा ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रम आधा घण्टासम्म चल्नेछ। त्यति बेला समस्त विश्वको ध्यान च्या यु क्वानप्रति आकर्षित हुनेछ। विश्वका टेलिभिजनले त्यस कार्यक्रमको प्रसारण गर्नेछन। अरबौं दर्शकहरुले त्यस कार्यक्रम हेर्नेछन। विश्वका अरु बढी दर्शकहरुलाई च्या यु क्वानबारे जानकारी दिनु, हाम्रो असल मानसिक छवि तथा सुन्दर शहरलाई विश्वका जनतासामु देखाउनु च्या यु क्वानका लागि एउटा निकै राम्रो प्रचार हो। त्यसको निकै महत्वपूर्ण अर्थ छ। हामीले यस कार्य राम्रोसँग गर्नुपर्छ जसका लागि हामीले केही तालिम दिनुपर्छ।

|