 पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको सन्दर्भमा आज विहान नौ बजेतिर पैचिङ्गमा म्याराथन दौडको आयोजना गरियो।
त्यस कार्यक्रममा सर्वसाधारणका लागि म्याराथन दौड, सर्वसाधारणका लागि लामो दूरीको दौड तथा कसरत र सर्वसाधारणका लागि खेलकुद प्रदर्शन समावेश छन। तीमध्ये तेत्तीस किलोमिटरको प्याराथनमा झण्डै एक हजारजना चिनियाँ सर्वसाधारण र केही विदेशी लामो दूरीका दौडप्रेमीहरुले भाग लिए।
यसका अतिरिक्त, आजको कार्कय्रममा दुइ हजारभन्दा बढी सर्वसाधारणले जातीय नाचगान पनि प्रदर्शन गरे।
पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको सन्दर्भमा पैचिङ्ग र चीनका अन्य केही शहरमा विभिन्न किसिमका मनोरञ्जन कार्यक्रमको पनि आयोजना गरिनेछ।
|