आज देखि पैचिंग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी छ। यस सन्दर्भमा पैचिंग तथा चीनका अरु शहरहरुमा विविध कार्यक्रमहरुको आयोजना गरिएको छ। मानिसहरुले खुशीयालीका साथ ओलम्पिक खेलकुदको आगमनको स्वागत गर्दैछन।
पैचिंग ओलम्पिक खेलकुदको उद्घाटन हुने दिनसम्म एक सय दिन बाँकी रहेको सन्दर्भमा तीस तारिख विहान पैचिंग जन-बृहद सभा भवनमा एक समारोहको आयोजना गरियो। चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिन उक्त समारोहमा सहभागी हुनुभयो। पैचिंगका चिकित्सा, शिक्षा, खेलकुद जस्ता समाजका विभिन्न क्षेत्रका छ हजारभन्दा बढी प्रतिनिधिहरुले उक्त समारोहमा भाग लिए।
सो अवसरमा पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लिउ छिले आगामी एक सय दिनमा पैचिंग ओलम्पिक खेलकुद संयोजन समिति तथा पैचिंगका विभिन्न एकाइका लागि जिम्मेवारी तथा कार्यभार तोक्नुभयो। सो अवसरमा उहाँले पैचिंग ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुदको सेवा कार्यलाई गहनरुपमा प्रबर्द्धन गर्दै नागरिकहरुलाई सभ्यता र शिष्टाचारसम्बन्धी शिक्षा दिई अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रि प्यारा ओलम्पिक समितिसितको सहयोगलाई सुदृढ गर्नुपर्छ भन्दै विशेषतायुक्त, स्तरीय ओलम्पिक खेलकुदको आयोजना गर्न झन् मेहनतसाथ काम गर्नुपर्छ भन्नुभयो।
पैचिंग विश्वविद्यालयका ओलम्पिक खेलकुदका लागि स्वयंसेवकका प्रतिनिधिले उक्त समारोहमा बोल्दै स्वयंसेवकहरुले चिनियाँ र विदेशी पाहुनाहरुका लागि जाँगरिलो र उत्तम खालको सेवा प्रदान गर्ने प्रतिज्ञा गरे।
म खुशीसाथ पैचिंग ओलम्पिक खेलकुद, प्यारा ओलम्पिक खेलकुदका लागि सेवा गर्ने, ओलम्पिक भावनालाई विकसित पार्ने, सेवाको सिद्धान्तलाई व्यवहारमा उतार्ने, जोश-जाँगरका साथ सेवा गर्ने, एकताबद्ध भएर सहयोग गर्ने, प्रयत्न साथ काम गर्ने, मैत्री भाव देखाउने, आपसी सहयोग गर्ने स्वयंसेवकको छवि देखाउने तथा मातृ-भूमिका लागि प्रतिष्ठा कमाउने, ओलम्पिक खेलकुदमा टहकीलो रंग थप्ने र स्वयंसेवकहरुका हँसिलो मुद्रा पैचिंगका सबभन्दा राम्रा नाम कार्ड बनाउने प्रण गर्छु।
तीस तारिख विहान पैचिंग ओलम्पिक खेलकुद केन्द्रमा पैचिंग ओलम्पिक खेलकुदको स्वागतार्थ यहाँका जन-साधारणले म्याराथुन दौडको आयोजना गरे। एक हजार जति जन-साधारण तथा लामो दौडको खेल मन पराउने विदेशीहरुले उक्त कार्यक्रममा भाग लिए। दौड शुरु हुने ठाउँमा खेलकुद मन पराउने दुई हाजार मानिसहरुले थाइजि बक्सिङ र जातीय नाच जस्ता कार्यक्रमहरु देखाएका थिए। पैचिंगको थुंग चाउ क्षेत्रबाट आएका शन यौ टले खुशी हुँदै भन्नुभयोः
ओलम्पिक खेलकुदको स्वागत गर्नु हाम्रो एक अभिलाषा हो। सन् दुई हजार एकको जुलाई तेह्र तारिखका दिन पैचिंगले ओलम्मिको आयोजना गर्न निवेदन गर्ने क्रममा सफलता पाएदेखि यता हामीले हरेक वर्ष पैचिंग अन्तर्राष्ट्रिय म्याराथुन प्रतियोगितामा भाग लिनेगरेका छौं। यस पल्ट पैचिंग ओलम्पिक खेलकुदको आयोजना गर्न एक सय दिन बाँकी रहेको यस महात्वपूर्ण दिनमा हामीले यस दौडमा भाग लिनु पक्का राम्रो कुरा हो। हामीले आफ्नो व्यवहार मार्फत पैचिंग ओलम्पिक खेलकुदको सफलताको कामना गर्दैछौं।
पैचिंग मात्र हैन, चीनका अरु शहरहरुले पनि विभिन्न किसिमका आनन्दोत्सव समारोह वा कार्यक्रमहरुको आयोजना गरेका छन। चीनको उत्तरी क्षेत्रको सामुद्रिक शहर –छिन व्हांग ताउ ओलम्पिक खेलकुदको फुटबल प्रतियोगिता गर्ने शाखा स्थल हो। त्यहाँका विभिन्न क्षेत्रका जन-साधारणका प्रतिनिधिहरु लगभग तीन हजार मानिसहरुले ठूलो आनन्दोत्सव समारोहमा भाग लिएका छन। ओलम्पिक खेलकुद, हामी हरबखत तयार छौं नामक कविता चिंग को फांग भन्ने एकजना सेवा निवृत्त शिक्षकले रचेका हुन। उनले भनेः
ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा हामीलाई हृदयदेखि नै खुशी लागेको छ र यस कविता रचेको छु। हामी छिंग व्हांग ताउको तुंग ह्वांगका बासिन्दाहरु विश्वका जनतासँग ओलम्पिकबाट ल्याइने खुशीयालीपूर्ण भावनाको उपभोग गर्न इच्छुक छौं। किनभने ओलम्पिक हाम्रो साझा भावनात्मक घर हो। एउटा सपनालाई साकार तुल्याउन हामी हरबखत तयार छौं।
|