 पैचिङ्ग ओलम्पिक खेलकुद नजिकिंदैआएको सिलसिलामा प्राचीन शहर ल्हासामा ओलम्पिकको वातावरण पनि झन-झन गहिरिंदैआएको देखिन्छ। मानिसहरुले विभिन्न तरिकामार्फत ओलम्पिक खेलकुदको प्रतिक्षा गरेका छन र त्यसको सफलताका लागि शुभकामना व्यक्त गर्नेगरेका छन।
रङ्गीचङ्गी ताजा फूलबाट बनाइएको ओलम्पिक खेलकुदको प्रतिक "फु वा" भन्ने चित्र ल्हासाको पोताला दरबार चोकमा आज सर्वसाधारणसमक्ष देखाइएको छ। ल्हासाका बासिन्दाहरु तथा पर्यटकहरु त्यस ठूलो चित्रअगाडि फोटो खिचिरहेका देखिन्छन।

तिब्बतका विभिन्न क्षेत्रका तीन हजारजनाभन्दा बढी नर-नारीहरु आजै तिब्बत विश्वविद्यायमा "पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी " रहेको सन्दर्भमा आयोजित समारोहमा सहभागी भए।
हाल ल्हासाका केही निजी गाडी चलाउने व्यक्तिहरुले आ-आफ्ना गाडीको झ्याल वा ढोकामा "ओलम्पिक खेलकुदको स्वागत गरौं र मातृ-भूमिलाई माया गरौं"भन्ने ब्यानर टाँसेका छन।
|