पैचिङ्ग ओलम्पिकको पवित्र ज्योति बोकेको विशेष विमान आज दिउँसो दुइ बजे भियतनामको राजधानी हो चि मिङ्ग शहरबाट चीनको हंगकंग विशेष प्रशासनिक क्षेत्र पुगेको छ।
पैचिङ्ग ओलम्पिकको पवित्र ज्योति मे दुइ तारिखका दिन हंगकंगमा घुमाइने कार्यक्रम छ। यसअघि पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई विदेशका उन्नाइसवटा शहरमा सफलताका साथ घुमाइएको छ।
उक्त पवित्र ज्योतिको स्वागतका लागि हंगकंगका लागि चीनको केन्द्रीय सरकारको सम्पर्क कार्यालयका प्रमुख काउ स रन, हंगकंग विशेष प्रशासनिक क्षेत्रको नागरिक मामिला ब्यूरोका प्रमुख चङ्ग द छङ्ग तथा हंगकंग ओलम्पिक समितिका अध्यक्ष हो चन थिङ्गलगायतका एक सयभन्दा बढी व्यक्तिहरु विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो।
|