आजदेखि गणना गर्दा पैचिंग ओलम्पिक खेलकुदको उद्घाटनसम्म एक सय दिन बाँकी रहन्छ। आज यस उपलक्ष्यमा पैचिंगको जन-बृहत सभा भवनमा यौटा समारोहको आयोजना गरियो। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिन् उक्त समारोहमा सहभागी हुनुभयो।
पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लिउ छिले सो समारोहमका आउने एक सय दिनमा पैचिंग ओलम्पिक खेलकुदको संयोजन समिति र पैचिंगका विभिन्न विभागको दायित्व र कार्यभारबारे जानकारी दिनुभयो।
पैचिंगको चिकित्सा , शिक्षा र खेलकुद गरी विभिन्न पक्षका छ हजारजति प्रतिनिधिहरु सो समारोहमा सहभागी हुनुभएको थियो।
|