चीनको राष्ट्रिय खेलकुद ब्यूरोका उप-प्रमुख एवम् पैचिङ्ग ओलम्पिक राँको रिले कार्यक्रमसम्बन्धी सगरमाथाको निर्देशन टोलीका प्रमुख श्रीमती हु च्या येनले आज ओलम्पिकको राँको सगरमाथामा पुर्याउनेसम्बन्धी विभिन्न तयारी कार्य हाल भैरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार, हाल मौसम सबैभन्दा महत्वपूर्ण कारकतत्व हो। मौसम अनुकुल हुनेबित्तिकै पवित्र राँकोलाई सकेसम्म छिटो सगरमाथामा पुर्याइने छ।
श्रीमती हुले आजै समुद्री सतहदेखि पाँच हजार दुइ सय मिटरको उचाईंमा रहेको सगरमाथा शिविरमा कार्यरत कर्मचारीहरुको हेरचाह गर्दा उक्त जानकारी दिनुभएको हो।
|