 पैचिङ्ग ओलम्पिकको पवित्र ज्योतिलाई सैंतीस दिनमा पाँचवटा महाद्बीपमा घुमाइएपछि फेरि चीन फर्केर हंगकंग पुगेको छ। त्यसको स्वागत गर्नका लागि हंगकंग विशेष प्रशासनिक क्षेत्र सरकारले आज दिउँसो चार बजे हंगकंगको चेन शा च्वै सांस्कृतिक केन्द्रको चोकमा एउटा भब्य समारोहको आयोजना गर्यो।
हंगकंगको राजनैतिक मामिला ब्यूरोका प्रमुख थाङ्ग यिङ्ग नेनले त्यस समारोहलाई सम्बोधन गर्दै पवित्र ज्योति ओलम्पिक खेलकुदको सर्वोच्च द्योतक भएको र यसले आशा तथा कल्पना, शोभा तथा शान्तिको प्रतिनिधित्व पनि गरेको कुरा औंल्याउनुभयो।
पैचिङ्ग ओलम्पिकको पवित्र ज्योति बोकेको विशेष विमान आज दिउँसो दुइ बजे भियतनामको हो चि मिङ्ग शहरबाट चीनको हंगकंग विशेष प्रशासनिक क्षेत्र पुगेको हो।
|