पैचिंग ओलम्पिकको राँको रिले कार्यक्रम मकाउ विशेष प्रशासनिक क्षेत्रमा हुनेभएको छ। मकाउका बासिन्दाहरुमा पैचिंग ओलम्पिकको पवित्र ज्योतिको स्वागत गर्ने उत्साह बढ्दैआएको देखिन्छ।
मकाउको सञ्चार माध्यमका अनुसार, मकाउमा पैचिंग ओलम्पिकको राँको रिले कार्यक्रमको आयोजना गरिनु मकाउबासीहरुका लागि गौरवको कुरा हो। त्यो मकाउबासीहरुले आफ्नो वास्तविक कार्यकलापव्दारा चीनलाई ओलम्पिक खेलकुदको आयोजना गर्न समर्थन गर्ने र देशभक्तिपूर्ण भावना देखाउने राम्रो अवसर पनि हो।
|