 पैचिङ्ग ओलम्पिकको पवित्र ज्योतिलाई आज चीनको हंगकंग विशेष प्रशासनिक क्षेत्रमा सफलताका साथ घुमाइयो।

पैचिङ्ग ओलम्पिकको पवित्र ज्योतिलाई सैंतीस दिनमा पाँचवटा महाद्बीपका जम्मा उन्नाईसवटा शहरमा घुमाइएपछि हंगकंग पुर्याइएको हो। यसरी हंगकंग चीनमा यस राँको घुमाउने पहिलो मुकाम बनेको छ। सन् 1964 मा टोकियो ओलम्पिक खेलकुदपछि हंगकंगले ओलम्पिक खेलकुदको पवित्र ज्योतिको स्वागत गरेको यो दोस्रो पटक हो।

पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति हंगकंगमा घुमाइने कार्यक्रम सात घण्टासम्म चलेको थियो। जम्मा एक सय बीसजना त्यस कार्यक्रममा सहभागी भएका थिए।

हंगकंगपछि पैचिङ्ग ओलम्पिकको पवित्र ज्योतिलाई मकाउ पुर्याइने कार्यक्रम छ।
|