
आज बिहान पैचिंग ओलिम्पिक खेलकूदको राँको दक्षिण चीनको हाई नान प्रान्तको सान या शहरमा सल्काइयो। यसबाट ओलिम्पिक खेलकूदको राँको रिले कार्यक्रम चीनको भित्री प्रदेशमा औपचारिक रुपमा शुरु भएको द्योतक हो।

सान या शहरको फिनिक्स टापूमा पर्ने ओलिम्पिक चोकमा आयोजित भव्य समारोहबीच दौड्ने कार्यक्रम थालियो। चीनका प्रसिद्ध छोटो दूरी स्पीद स्की महिला खेलाडी याँग याँग चीनको भित्री प्रदेशमा पैचिंग ओलिम्पिक खेलकूदको राँको रिले कार्यक्रमको प्रथम राँको बोक्ने व्यक्ति बनेका छन।

सान या शहरमा राँको रिले गर्ने कुल लम्बाई तीस किलोमीटर छ। एघार घण्टाभित्र राँको उचाल्ने दुइ सय आठजना व्यक्तिहरुले बगरमा दौड्ने, सडकमा दौड्ने र तीनजना संगै साइकल चढ्ने तरीकामार्फत राँको रिले गर्नेछन। बाटोको दुवैपट्टि दशौं हजार नरनारीहरुले पनि लट्ठी नाच नाच्दै वा थाइ ची बक्सिंग खेल्दै रिले कार्यक्रमलाई स्वागत व्यक्त गर्दछन।
|