यस महिनाको चारदेखि छ तारिखसम्म पैचिङ ओलम्पिकको पवित्र राँको चीनको भित्री प्रदेशमा प्रवेश गरी चीनको दक्षिणी भागमा पर्ने हाइ नान प्रान्तका शहरहरुमा घुमाइएको छ।

अस्ति विहान ओलम्पिक खेलकुदको पवित्र राँको हाइ नान प्रान्तको प्रसिद्ध पर्यटकीय शहर सान या शहरमा सल्काइएको छ। यो ओलम्पिक खेलकुदको पवित्र राँको चीनको भित्री प्रदेशमा घुमाइने कार्यक्रम औपचारिकरुपमा शुरु भएको संकेत हो।
आज विहान आठ बजेर दश मिनेट जाँदा पैचिङ ओलम्पिकको पवित्र राँकोलाई हाइ नान प्रान्तको सदरमूकाम हाइ खौ शहरमा घुमाउन शुरु गरियो। हाइ खौ शहर पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको हाइ नान प्रान्तमा घुमाइने अन्तिम मूकाम हो।
|