चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले आज अमेरिकी अन्तरराष्ट्रिय धार्मिक स्वाधीनता समितिको चीनलाई कालो बनाउनखोज्ने दुष्प्रयास सफल हुनसक्दैन भन्नुभएको छ।
हालै उक्त समितिले वार्षिक प्रतिवेदन 2008 प्रकाशित गर्दै चीन लगायतका मुलुकहरुको धार्मिक नीतिमाथि दोषारोपण गरेको छ। प्रवक्ता छिंगले त्यसै विषयलाई लिएर पत्रकारको प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता छिंग काँगले चीन सरकारले ऐनबमोजिम नागरिकको धार्मिक स्वाधीनताको संरक्षण गर्दछ र चीनका विभिन्न जाति र विभिन्न क्षेत्रका सर्वसाधारण जनताले ऐनबमोजिम यथेष्टरुपमा धार्मिक स्वाधीनताको उपभोग गर्दैआएका छन, यो एक वस्तुगत तथ्य हो भन्नुभयो।
प्रवक्ता छिंगले उक्त समितिलाई स्वयम् अमेरिकाको आफ्नै समस्यामा राम्ररी ध्यान दिई औंला ठड्याएर अरु मुलुकलाई यसो गर त्यसो गर भन्न छोड्न र धार्मिक समस्याको फाइदा उठाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न चेतावनी दिनुभएको छ।
|