china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको सञ्चार मन्त्रालयद्बारा प्रकाशित क्यालेण्डरमा चिनियाँ राजदूतको फोटो प्रकाशन गरी दुई देशबीचको सम्बन्धलाई महत्व दिइएको छ।
    (GMT+08:00) 2008-05-06 18:53:42    

        सूचना विभागद्बारा प्रकाशित नयाँ वर्ष 2065 को क्यालेण्डरमा नेपाल र चीनको दौत्य सम्बन्धलाई महत्व दिँदै नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनको फोटो प्रकाशन गरेको छ।

              दुई वर्ष अगाडि नेपालमा व्यापक जन आन्दोलन भई लोकतन्त्र स्थापना भएको र वृहत शान्ति सम्झौतापछि स्थापित नयाँ नेपालमा विदेशी कुटनीतिक प्रतिनिधिका रुपमा चिनियाँ राजदूतले नेपाल सरकार समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो। सोही अवसरको तस्विरलाई क्यालेण्डरमा प्रकाशन गरिएको छ।

              सूचना तथा सञ्चार मन्त्रालय अन्र्गत रहेको सूचना विभागले प्रकाशन गरेको क्यालेण्डर नेपालमा सरकारी तहबाट प्रकाशित एकमात्र वार्षिक पात्रको रुपमा चिनिने गर्दछ। यस क्यालेण्डरमा नेपालका उच्च तहका सरकारी अधिकारीबाहेक विदेशी व्यक्तको तस्विर प्रकाशन कमै हुने गर्छ। नयाँ वर्ष 2065 को क्यालेण्डरमा अन्य राष्ट्र राजदूतको भन्दा चिनियाँ राजदूतको तस्विर राख्नुले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको स्पष्ट हुन्छ।

             सूचना विभागका उपसचिव केदार भराईले सि.आर.आई.लाई बताउनु भए अनुसार नेपाल सरकारले एक चीनको नीतिलाई अवलम्वन गरेको तथा नेपालको वदलिएको राजनीतिक परिवेशमा पहिलो राजदूतका रुपमा चिनियाँ राजदूत आउनुभएको हुनाले उहाँको फोटो प्रकाशन गरिएको हो। क्यालेण्डरको पुछारमा वेइजि 2008को प्रचारार्थ राष्ट्रि झाला र ठूलो पाण्डाको तस्विर पनि राखिएको छ।

             यसैगरी सूचना विभागबाटै प्रकाशित 2065 सालको डायरीमा पनि एक पृष्ठभरि बेइजि ओलम्पिक 2008 का मुख्य विशेषताहरु समेटिएको छ। सबै सरकारी कर्मचारी तथा पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारणका हातमा पुग्ने यस डायरीले सबैलाई चीनमा आगामी अगष्टमा हुने 29औं ओलम्पिकको प्रचारप्रसार पनि गरेको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040