आज दिउँसो पाँच बजेतिर पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति हाइखौ शहरमाको अन्तिम स्टेशन— शताब्दी चोक पुगेपछि हाइनान प्रान्तमा पवित्र राँको रिले कार्यक्रम सुचारुरुपमा सम्पन्न भएको छ।

हाइनान प्रान्तको सदरमुकाम हाइखौमा भएको राँको रिले कार्यक्रममा दुइ सय आठजना व्यक्तिले पवित्र राँको बोकेका थिए। तीन सय तीस मिनेटको समयमा निर्धारित तीस किलोमिटरको दूरी पार गरेपछि उक्त रिले कार्यक्रम सम्पन्न भएको हो।
हाइनान प्रान्तपछि पैचिङ ओलम्पिकको पवित्र ज्योतिलाई आज राती चीनको दक्षिणी भागमा पर्ने क्वाङ तुङ प्रान्त पुर्याइने छ। त्यहाँका चारवटा शहरमा चार दिनसम्म राँको घुमाइने योजना छ।
|