चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा बोल्दै वर्तमान परिस्थितिमा चीन तथा अन्य पक्षबीच इरानको आणविक समस्याको तिब्र समाधानका लागि उचित, चौतर्फी तथा दीर्घकालीन उपाय खोज्न सम्बन्धित कुटनीतिक प्रयासलाई बढाउनुपर्ने कुरामा सहमति भएको कुरा बताउनुभएको छ। उहाँले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो।
उहाँले इरानको आणविक समस्या सम्बन्धमा चीनले अन्तर्राष्ट्रिय आणविक अप्रसार सन्धि प्रणालीको समर्थन तथा संरक्षण गर्दैआएको र मध्य-पूर्व क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्न कुटनीतिक वार्तामार्फत समस्याको समाधान गर्ने अडान चीनले लिँदैआएको कुरा स्पष्ट पार्नुभयो।
|