हालैका केही दिनदेखियता तिब्बतका विभिन्न ठूला गुम्बाहरुमा विश्व शान्तिका लागि प्रार्थना गर्न र पैचिंग ओलम्पिक खेलकुदको सफलताको कामना गर्नका लागि धुमधामसँग आराधना समारोहको आयोजना गरिंदैआएको छ।
ल्हासा शहरको पश्चिमी क्षेत्रमा पर्ने ड्रेपुंग गुम्बाका पूजा-पाठ गर्ने गुरु असी वर्षीय दाम्पा लुंगदोले शान्त र आनन्ददायी मेलमिलापयुक्त वातावरणमा आराधना समारोहको आयोजना गर्नपाएकोमा आफूलाई बडो खुशीलागेको कुरा बताउनुभयो।
हाल पोताला दरबार र सेरा गुम्बाजस्ता महत्वपूर्ण धार्मिक स्थलहरु व्यापक धर्मावलम्बी र पर्यटकहरुका लागि खुला भएका छन, र साथै अरु गुम्बाहरुमा पनि धार्मिक गतिविधि चलाउनथालिएको छ।
|