
च्या यु क्वानमा ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रम आधा घण्टासम्म चल्नेछ। त्यति बेला समस्त विश्वको ध्यान च्या यु क्वानप्रति आकर्षित हुनेछ। विश्वका टेलिभिजनले त्यस कार्यक्रमको प्रसारण गर्नेछन। अरबौं दर्शकहरुले त्यस कार्यक्रम हेर्नेछन। विश्वका अरु बढी दर्शकहरुलाई च्या यु क्वानबारे जानकारी दिनु, हाम्रो असल मानसिक छवि तथा सुन्दर शहरलाई विश्वका जनतासामु देखाउनु च्या यु क्वानका लागि एउटा निकै राम्रो प्रचार हो। त्यसको निकै महत्वपूर्ण अर्थ छ। हामीले यस कार्य राम्रोसँग गर्नुपर्छ जसका लागि हामीले केही तालिम दिनुपर्छ।

च्या यु क्वान एउटा सानो शहर भए तापनि त्यहाँका खेलकुदको प्रबन्ध निकै पूर्ण छ। च्या यु क्वानले धेरै पटक राष्ट्र स्तरीय तथा प्रान्त स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको छ। बितेका चार वर्षदेखि यता निरन्तररुपमा विश्व ट्राइथलोन प्रतियोगिताको आयोजना गरेको त्यो चीनको एउटा मात्र शहर हो। दोश्रो पटक विश्व ट्राइथलोन प्रतियोगिताको आयोजना गर्दा च्या यु क्वान शहरको तुंग हु पार्कलाई विश्व ट्राइथलोन प्रतियोगिताका लागि विशेष रंगशालाका रुपमा तोकिएको थियो। यो अहिलेसम्म एशियामा विश्व ट्राइथलोन प्रतियोगिताका लागि एउटै मात्र विशेष रंगशाला हो। खेलकुदप्रति च्या यु क्वान शहरका नागरिकहरुको उत्साह बढी छ। च्या यु क्वान शहरमा पाँच हजार मानिस अड्ने एउटा रंङ्गशाला तथा पन्ध्र हजार मानिस अड्ने एउटा गरी दुइवटा रंगशाला छन। त्यसका अतिरिक्त, एउटा समग्र तालिम रंङ्गशाला तथा एउटा टेनिस रंङ्गशाला पनि छन। हाम्रा सम्वाददाता वर्षा तथा सुमेघाले अन्तर्वार्ता लिएका दिन च्या यु क्वान शहर खेलकुद विद्यालयका विद्यार्थीहरुले उक्त तालिम रंङ्गशालामा बास्केटबल, ब्याड्मिन्टन, जुदो, ताइ क्वान दोको तालिम गरिरहेका थिए।
ताइ क्वान दो तालिम रंङ्गशालामा तेह्र वर्षीया लिंग पै पै पनि तालिम गरिरहेकी थिइन। तालिमका अवसरमा उनका सुन्दर एवम् ठूल्ठूला आँखामा अटलताको भाव देखिन्छ। पैचिङ ओलम्पिक खेलकुदबारे चर्चा गर्दै उनी भन्छिन,
चीनमा ओलम्पिक खेलकुदको आयोजना हुनलागेकोमा मलाई धेरै खुशी लागेको छ। चीनमा ओलम्पिक खेलकुदको आयोजना सफलताका साथ हुने आशा मैले गरेकी छु।

च्या यु क्वान शहर खेलकुद विद्यालयमा ताइ क्वान दो विषयमा अध्ययनरत विद्यार्थी छन लैले ओलम्पिक राँकोको रिले च्या यु क्वानमा गरिने कुराबाट उनलाई धेरै सु:ख लागेको कुरा वताए। उनी भन्छन,
ओलम्पिक खेलकुद पैचिङमा हुनलागेकोमा मलाई धेरै खुशी लागेको छ। ओलम्पिकको राँकोको रिले च्या यु क्वानमा पनि गरिने कुराले हामीलाई धेरै खुशी तुल्याएको छ।
उनले भविश्यमा चीनले ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार फेरि पाएपछि त्यति बेलासम्म आफू एकजना व्यावसायिक ताइ क्वान दो खेलाडी बनिसक्ने आशा व्यक्त गर्दै त्यति बेला मातृ-भूमिको मानका लागि आफूले सक्दो प्रयास गर्ने कुरा वताए।
|