china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा चिनियाँ शिक्षकशिक्षिकाहरुद्बारा भाषा प्रशिक्षण गर्ने काम चौथो वर्षमा प्रवेश गरेको छ।  
    (GMT+08:00) 2008-05-07 16:56:52    

          तीन वर्ष अगाडिदेखि काठमाडौँका विभिन्न विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थामा चिनियाँ स्वयंसेविकाहरुद्बारा चिनियाँ भाषा प्रशिक्षण सुरु गरिएको हो। चिनियाँ दूताबास अन्तर्गत संस्कृति विभागको संयोजनमा प्रत्येक वर्ष चिनियाँ शिक्षक तथा शिक्षिकालाई स्वयंसेवकका रुपमा भाषा प्रशिक्षणमा खटाउने गरिएको छ।

              यो वर्ष पनि नेपालीहरुलाई चिनियाँ भाषा प्रशिक्षणका लागि 26 जना चिनियाँ स्वयंसेवकहरु काठमाडौँमा भरखरै आएका छन्। यसभन्दा अगाडि 19 जना मात्र चिनियाँ शिक्षकशिक्षिकाहरु आउने गरेका थिए। चिनियाँ भाषा सिक्ने विद्यार्थीको संख्या बढ्‍दै गएको तथा चिनियाँ शिक्षक माग गर्ने विद्यालयको संख्या पनि बढिरहेकाले स्वयंसेवको संख्या बढाउनु परेको दूताबासको संस्कृति विभागका तृतीय सचिव फानले सि.आर.आई.लाई बताउनुभयो।

              काठमाडौँ विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट नै स्थापन गरी चिनियाँ भाषा प्रशिक्षण गर्ने काम गत वर्षदेखि सुरु भएको छ। त्रिभुवन विश्वविद्यालयका विश्वभाषा क्याम्पसले लामो सयम अगाडि देखि नै चिनियाँ भाषा प्रशिक्षण गर्दै आएको छ। अहिले आएर निजी विद्यालय तथा विभिन्न इन्स्टिच्युटहरुले चिनियाँ भाषा प्रशिक्षण सुरु गरेका छन्।

              डिल्लीबजारका रहेको युनिभर्सल ल्याङ्‍ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा गतवर्षदेखि नै चिनियाँ भाषाको गुणस्तर मापन परीक्षा प्रणाली अन्तर्गत एच.एस.के. पनि स्थापना भइसकेको छ। चीनसँगको अत्यन्त राम्रो सम्बन्ध तथा फैलदो व्यापारिक सम्बन्धका कारण नेपालीहरुमा चिनियाँ भाषा सिक्ने लगाव बढेको हो।

              नेपालीहरुमा पलाएको चिनिया भाषाको मोहसँगसँगै चिनियाँ संस्कृतिको पनि प्रभाव पर्न थालेको छ। धेरै नेपालीले चिनियाँ पोशाक, चलचित्र तथा कलालाई मन पराउने गर्दछन्।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040