china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँदेखि चीनको सीमा तातोपानीसम्म अप्टिकल फाइबर परियोजनामा तार बिछ्‍याउने काम सुरु भएको छ।
    (GMT+08:00) 2008-05-08 15:29:26    

          आगामी जुलाईको मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको काठमाडौँ तातोपानी अप्टिकल फाइबर परियोजनामा तार ओछ्‍याउने काम सुरु भएको छ। काठमाडौँको सुन्धारादेखि चीनको सीमा खासाको तातोपानीसम्मको दुरी एक सय पन्ध्र किलोमिटर रहेको छ। यो दुरीमा चिनियाँ सहयोगमा अप्टिकल फाइबर ओछ्‍याउने परियोजनाका लागि गत वर्ष दुई देशबीच हस्ताक्षर भएको हो।

              अहिलेसम्म सो दुरीमध्ये 75 किलोमिटरसम्म नाली खनेर सकिएको नेपाल टेलिकम काठमाडौँ तातोपानी अप्टिकल फाइबर परियोजनाका प्रमुख मधुसुदन कर्माचार्यले सि.आर.आई.लाई बताउनुभयो। खनिएको 75 किलोमिटरमध्ये हालसम्म 62 किलोमिटरमा ड्रङ्ग लाइन हालिएको र अब तार ओछ्‍याउने कार्य थालिएको परियोजना प्रमुख कर्माचार्यले बताउनुभयो। तार ओछ्‍याउने काम अत्यन्त तीब्र गतिमा भएको र दस दिनमा 60 किलोमिटरसम्म तार ओछ्‍याउन सकिने कुरा उहाँले बताउनुभयो।

              काठमाडौँदेखि तातोपानीसम्म अप्टिकल फाइबर ओछ्‍याउने परियोजनामा 44 जना चिनियाँ तथा 16 जना नेपाल टेलिकमका प्राविधिकहरु कार्यरत छन्। यसका अतिरित्त दैनिक ज्यालामा काम गर्ने कर्मचारीको संख्या सरदर दुई सय जति रहेको कर्माचार्यले बताउनुभयो।

              परियोजनाले काठमाडौँदेखि तातोपानीसम्ममा 16 वटा टेलिकमका स्टेसनमध्ये 7 ठाउँमा घर पनि बनाएको छ। घर बनाइएका स्थानमा तातोपानी, बारुबीसे, लामोसाँघु, बलेफी, दोलालघाट, लामीडाँडा र तीनपिप्ले रहेका छन्। यसका अतिरित्त धुलिखेल, बनेपा, साँगा, नलिनचोक, भक्तपुर, गठ्‍ठाघर, कोटेश्वर, ववरमहल र सुन्धारामा अप्टिकल फाइबरका स्टेसनहरु रहने छन्।

              अप्टिकल फाइबर ओछ्‍याइसकेपछि नेपाल र चीनबीचको दूरसञ्चारको गुणस्तरमा ठूलो परिवर्तन आउने छ। यसका साथै काठमाडौँदेखि बीरगंजसम्म अप्टिकल फाइबर ओछ्‍याइसकेपछि चीन र भारतबीच हुने टेलिफोन सम्पर्कमा पनि नेपालले निश्चित शुल्क पाएर फाइदा लिन सक्नेछ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040