china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका उप-राष्ट्राध्यक्ष शि चिन फिङद्वारा पठाइएको बधाई सन्देश
    (GMT+08:00) 2008-05-08 11:44:49    
              पैचिङ ओलम्पिक खेलकुदको राँको आज सफलताका साथ सगरमाथा चुचुरोमा पुर्‍याइएको छ, त्यसका लागि चीनका उप-राष्ट्राध्यक्ष शि चिन फिङले पैचिङ ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा आरोहण गर्ने चिनियाँ पर्वतारोहण दललाई बधाई सन्देश पठाउनुभयो।

              उक्त बधाई सन्देशका अनुसार, ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा बल्दैछ। यो पैचिङ ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा आरोहण गर्ने कार्यमा पूर्ण सफलता प्राप्त गरिएको द्योतक रहेको छ। समस्त मुलुक तथा विश्व खुशी भएको यस बेलामा म चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारको तर्फबाट पैचिङ ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा आरोहण गर्ने कार्यमा भाग लिने सबै आरोहीहरुलाई हार्दिक शुभकामना दिन्छु। अन्तर्राष्ट्रिय ओलम्पिक समिति तथा ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरो आरोहण गर्ने गतिबिधिको समर्थन दिने विश्वका समस्त साथीहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्छु।

             सो बधाई सन्देशमा, पैचिङ ओलम्पिक खेलकुदको आयोजना वितेका एक सय वर्षदेखि चीन राष्ट्रले गरेको आशा हो। ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा पुर्‍याउन चिनियाँ जनताले विश्वका जनतासामू गरेको गम्भिर वचनबद्धता हुनुका साथै ओलम्पिक खेलको इतिहासमा भएको एउटा महान कार्य पनि हो। त्यो चिनियाँ जनताले ओलम्पिक खेल तथा सम्पूर्ण मानव जातिलाई दिएको एउटा मूल्यवान उपहार पनि हो भनिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040