सगरमाथामा पैचिंग ओलिम्पिक खेलकूदको राँको रिले कार्यक्रम आज सफलताका साथ सम्पन्न भयो। ओलिम्पिकको इतिहासमा ओलिम्पिकको राँको समुद्न सतहदेखि विश्वको सर्वोच्च टाकुरा आठ हजार आठ सय चवालीस दशमलब त्रिचालीस मीटर रहेको विश्वको सर्वोच्च शिखर जोमोलोंमा अर्थात सगरमाथा चुचुरोमा पुर्याइएको यो पहिलो पटक हो।

चिनियाँ पर्वतारोहण दलअन्तर्गत तुफानी दलका बाह्रजना सदस्यले आज बिहान सबेरै तीन बजेदेखि समुद्र सतहदेखि आठ हजार तीन सय मीटरमा खडा भएको आधार शिविरबाट सगरमाथा चुचुरोतर्फ चढ्न थालेका थिए। बिहान नौ बजेर अठार मिनेट जाँदा पाँचजना राँकोवाहकहरुले रिले गरेपछि अन्तिम राँकोवाहक तिब्बती केटी छरनवाँगमुले ओलिम्पिकको राँको उचालिन। यसरी नै ओलिम्पिकको राँको रिले कार्यक्रम सगरमाथा चुचुरोमा सफलताका साथ सम्पन्न भयो। अन्तर्राष्ट्रिय ओलिम्पिकको पाँचवटा गोल लोगो भएको झण्डा, चीनको राष्ट्रिय झण्डा र पैचिंग ओलिम्पिक खेलकूदको झण्डा जोमोलोंगमा टाकुरामा हावामा फरफहराएको छ।

चीनका उप राष्ट्राध्यक्ष शी चिन फिंगले तत्कालै पैचिंग ओलिम्पिक खेलकूदको राँको रिले कार्यक्रममा सहभागी चिनियाँ पर्वतारोहण दललाई एक सन्देश पठाउँदै बधाई व्यक्त गर्नुभयो। यसका साथै उनन्तीसौं ओलिम्पिक खेलकूद चाँजोपाँजो समितिले पनि आजै सो पर्वतारोहण दललाई अभिनन्दन पत्र पठाएको छ।
|