china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा
    (GMT+08:00) 2008-05-08 17:03:16    

        2008 पैचिड ओलम्पिक खेलकुदको राँको आज आठ तारिख विहान सफलताका साथ झोमोलांगमा अर्थात सगरमाथामको चुचुरोमा पुर्‍यइएको छ। ओलम्पिक खेलकुदको इतिहासमा ओलम्पिक राँको समुद्र सतहदेखि आठ हजार आठ सय चवालीस दशमलब चार तीन मिटर अग्लो विश्वको सर्वोच्च शिखर –सगरमाथामा पुगेको यो पहिलो पटक हो।

              पैचिङ समय अनुसार आठ तारिख विहान नौ बजेर अठार मिनेट जांदा सगरमाथा चुचुरोमा रहेका अन्तिम व्यक्ति तिब्बती महिला छिरिङ वाङमोले राँको "शुभबादल नामक राँको"लाई टाउकोमाथि उकास्दा सगरमाथाको आधार शिविरको प्रमुख केन्द्रमा पर्खेका सबै मानिसहरु खुसीका साथ कराउंदै थिए। अन्तर्राष्ट्रिय ओलम्पिक समितिको लोगो अंकित झण्डा, चीनको राष्ट्रिय झण्डा तथा पैचिङ ओलम्पिक खेलकुदको लोगो अंकित झण्डा सगरमाथाको ठूलो हावामा फरफराइयो। त्यस बेला सम्पूर्ण सगरमाथा चुचुरोभर ओलम्पिकको किरण चम्किंदै थियो। राँको बोक्ने व्यक्ति तथा पर्वतारोहण दलका खेलाडीहरुले सगरमाथा चुचुरोबाट पैचिङ ओलम्पिक खेलकुदप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

             एउटै विश्व, एउटै सपना। ओलम्पिकको दिप प्रज्वलन गरी उत्साहलाई जगाऔं, सपना साटासाट गरौं।

             आठ तारिख विहान सबेरै तीन बजेदेखि नौ बजेसम्म करिब छ घण्टासम्मको कठिन आरोहणपछि चिनियाँ पर्वतारोहण दलका सदस्यहरुले "शुभबादल नामक राँको"लाई हातमा लिएर विश्वको सर्वोच्च शिखरमा पुग्यो। जसले ओलम्पिक खेलकुदको आयोजना गर्न निबेदन दिंदा चीनद्वारा अन्तर्राष्ट्रिय समाजसमक्ष गरिएको वचनबद्धताको पालना गरेको छ।

             ओलम्पिक खेलकुदको राँको सफलताका साथ आठ तारिख विहान सगरमाथा चुचुरोमा पुर्‍याइएपछि यस पटकको "पैचिङ ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरो आरोहण" गतिबिधिका प्रधान निर्देशक, चिनियाँ पर्वतारोहण संघका अध्यक्ष लि च सिन भन्नुहुन्छ,

             धेरै वर्षदेखि रहिरहेको सपनालाई यस प्रक्रियामा साकार तुल्याइएको छ। हामीले विश्वप्रति देखाइएको वचनबद्धताको पालना गरेका छौं।

              यस पटकको सगरमाथा चुचुरो आरोहण गतिबिधि सफल हुन प्रत्याभूति दिनका लागि चिनियाँ पर्वतारोहण दलले दुइ वर्षसम्म अथक तालिम गर्दै आएको छ। चिनियाँ पर्वतारोहण दलले गत वर्ष सगरमाथा चुचुरो आरोहण गर्ने पूर्वाभ्यास गरेको थियो। यस वर्षको मार्च अठाइस तारिख चिनियाँ पर्वतारोहण दलका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरुलाई सगरमाथाको आधार शिविरको प्रमुख केन्द्रमा तैनाथ गरेर यस वर्षको अप्रिल बाइस तारिखअघि शिविरको निर्माण तथा त्यसलाई मिलाउने कार्य सिद्ध्याएका थिए।

              यस पटकको ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा पुर्‍याउनका लागि चिनियाँ पर्वतारोहण दलले सगरमाथाको उत्तरी भागबाट चढ्ने परम्परागत रुट छनौट गरेको थियो। यस रुटमा धेरै अपठ्यारो एवम् अवरोधहरु छन। तीमध्ये समुद्र सतहदेखि आठ हजार छ सय असी मिटर अग्लो स्थानदेखि आठ हजार सात सय बीस मिटर अग्लो स्थानसम्म रहेको "दोश्रो सिंढी" धेरै प्रख्यात छ। चिनियाँ पर्वतारोहण संघकाका भूतपूर्व सचिव यु ल्यांग फुले अघि पछि गरी उन्नाइस पटक सगरमाथाको आधार शिविरको प्रमुख केन्द्रमा प्रवेश गर्नुभयो। उहाँका अनुसार, समुद्र सतहदेखि आठ हजार छ सय असी मिटर अग्लो स्थानदेखि आठ हजार सात सय बीस मिटर अग्लो स्थानसम्म रहेको "दोश्रो सिंढी" अर्थात चालीस मिटरमा रहेको त्यो छोटो बाटोमा भिरालो श्रृंखला छ, त्यो पर्वातारोहण खेलाडीका लागि ठूलो परिक्षा हो।

             सौभाग्य कुरा के हो भने यस पटक पर्वतारोहण खेलाडीहरुले सगरमाथा चुचुरोमा आरोहण गर्ने सबै कठिनाइ जित्नुभयो।

             यस पटकको ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा आरोहण गर्ने बाह्र जना खेलाडीहरुमध्ये तिब्बती जाति, हान जाति र थु जाति समावेश छन। तिनीहरुमध्ये दुइ जना महिला खेलाडीहरु हुनुहुन्छ। श्री इभोरबुचादुले सगरमाथा चुचुरो आरोहण गर्नुभएको यो चौथो पटक हो। सगरमाथा चुचुरोमा आरोहण गर्नुअघि उहाँले सगरमाथा आरोहण गरेपछि आफ्नो अनुभवबारे हाम्रा सम्वाददातालाई जानकारी दिंदै भन्नुभयो,

             चुचुरोको सर्वोच्च स्थान पुगेपछि तलका सबै कुरा देख्छन। हामीले नेपालतिर पनि देख्नसकेका छौं। मेरो मन आकाशमा उडेको जस्तै अनुभव भएको छ।

              बहादुरहरुको महान कार्यका लागि खुसीका साथ कराउनुका साथै हामीले यस पटकको "पैचिङ ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरोमा पुर्‍याउने गतिबिधिमा अथक प्रयास गरेका मानिसहरुलाई विर्सनु हुंदैन। पर्वतारोहण दलका सदस्यहरु शुरुमा सत्तरी जना थिए अन्तमा त्यसबाट घटेर बाह्र जनासम्म पुगेका छन। चिनियाँ पर्वतारोहण संघका प्रवक्ता चांग च चेनले यसबारे चर्चा गर्दै भन्नुभयो,

              अन्तमा सगरमाथा चुचुरोमा आरोहण गरेका सदस्य कम छन भने सगरमाथा चुचुरोमा ओलम्पिक खेलकुदको राँको बोक्ने व्यक्ति पनि कम छन। त्यही भएर हामीले केन्द्रित नजर उहाँहरुमाथि पुर्‍याउनुका साथै उहाँहरुका लागि मिहिनेती काम गर्नुभएका अरु खेलाडीहरुलाई पनि विर्सनु हुंदैन।

              पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथाको चुचुरोमा पुर्‍याइएपछि पवित्र राँकोको बीउको गन्तव्य लासा शहर रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040