china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको कृषि तथा पशुपालन क्षेत्रमा चिकित्सा तथा स्वास्थ्य सम्बन्धी सेवामा ठूलो मात्रामा सुधार
    (GMT+08:00) 2008-05-08 18:52:37    

          बितेका केही वर्षदेखि यता तिब्बतले कृषि तथा पशुपालन क्षेत्रको स्वास्थ्यसम्बन्धी आधारभूत प्रबन्धको निर्माणलाई सबल पार्नुका साथै सोही क्षेत्रको चिकित्सा सेवामा पनि सुधार गरेको देखिन्छ। ती परिवर्तनबाट व्यापक किसान तथा पशुपालकहरु लाभान्वित भएका छन।

          उक्त समाचार तिब्बतको स्वास्थ्य विभागबाट प्राप्त गरिएको हो।

          चालू वर्षको शुरुमा तिब्बत स्वायत्त प्रदेशले दुइ करोड सोह्र लाख चिनियाँ युआन बराबरको रकम छुट्‌याई तिब्बतका चौहत्तरवटा जिल्लाका स्वास्थ्य सेवा केन्द्रका लागि कृषि तथा पशुपालन क्षेत्र उपयुक्त आकस्मिक सेवाको गाडी प्रदान गरेको छ। तिब्बतको स्वास्थ्य सेवाको इतिहासमा एकै चोटी सबैभन्दा ठूलो परिधि तथा संख्यामा आकस्मिक सेवाका लागि गाडी उपलव्ध गराइएको यो पहिलो पटक हो।

          तिब्बत स्वायत्त प्रदेशको स्वास्थ्य विभागका प्रमुख प्रुबा द्रोल्माले जानकारी दिनुभएअनुसार, गत वर्ष तिब्बतमा स्थापित नयाँ क्लिनिकको संख्या पैंसट्ठी पुगको छ र सोही अवधिमा पच्चीसवटा स्वास्थ्य सेवा केन्द्रको सुधार तथा विस्तार गरिएको छ। यसका अतिरिक्त, बढी उचाइका क्षेत्रमा रहेका जिल्लास्तरीय चिकित्सा संस्थाहरुका लागि अक्सिजनको व्यवस्था गरिनुका साथै पाँच हजार गाँउ-बस्तीका चिकित्सा केन्द्रका लागि आधारभूत चिकित्सा सामग्रीको बन्दोबस्त गरिएको छ।

          थाहा भएअनुसार, तिब्बतले यस वर्ष चिकित्सा तथा स्वास्थ्य कार्यलाई मुख्यतया ग्रामीण क्षेत्रमा विस्तारग गर्दैजाने र सार्वजनिक स्वास्थ्य तथा आधारभूत उपचारका लागि अठचालिस लाख चिनियाँ युआन बराबरको रकम छुट्याउने भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा पचपन्न प्रतिशतले बढी हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040