चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा बोल्दै चीनले भाटिकनसँगको सम्बन्धलाई सुधार गर्ने इच्छा लिएको र सम्बन्धित सिद्धान्तमा आधारित भएर भाटिकनसँग रचनात्मक वार्ता गरी आपसी सम्बन्धलाई सामान्य पार्ने दिशातिर उन्मुख हुने कुरा बताउनुभयो। आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको द चाइना फिल्हार्मोनीक और्किस्ड्राले भाटिकनमा प्रदर्शन गरेको कुराबारेमा चीनको के टिप्पणी छ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता छिन काङले उक्त कुरा भन्नुभएको हो।
उहाँले उक्त प्रदर्शन एउटा सफल गैर-सरकारी सांस्कृतिक आदान-प्रदान हो र उक्त प्रदर्शनले चीन तथा यूरोपेली जनताबीचको समझदारी तथा मित्रतालाई प्रवर्द्धन गर्छ भन्नुभयो।
थाहा भएअनुसार, द चाइना फिल्हार्मोनीक औकिस्ड्रा तथा शाङ्गहाइ ओपेरा हाउसले हिजो बेलुकी भाटिकनमा गरेको विशेष प्रदर्शनमा लगभग छ हजार दर्शकहरुले भाग लिए। यो ती समूहले भाटिकनमा गरेको पहिलो प्रदर्शन हो।
|