नेपालका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले हिजो दिउँसो चीनका राष्ट्राध्यक्ष हु चिन थाउलाई सन्देश पठाई पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा पुर्याइएकोमा बधाइ ज्ञापन गर्नुका साथै त्यसबाट दुई देशको मित्रता देखिएको र दुई देश सम्बन्धको भविष्य अझ राम्रो हुने विश्वास लिएको कुरा व्यक्त गर्नुभयो।
बधाइ सन्देशमा प्रधानमन्त्री कोइरालाले पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा पुर्याइएको उपलक्ष्यमा आफूले नेपाल सरकार, जनता र आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्राध्यक्ष हु चिन थाउ तथा चीन सरकार र जनतालाई हार्दिक बधाइ ज्ञापन गरेको कुरा वताउनुभयो।
ओलम्पिक खेलकुद शान्ति, बुझाइ र एकताको द्योतक हो भन्ने कुरा बताउँदै श्री कोइरालाले निकट भविष्यमा चीनमा आयोजना हुने ओलम्पिक खेलकुदले फेरि विश्वलाई शान्ति र एकताको सन्देश पठाउने आशा लिएको कुरा वताउनुभयो। अन्तमा उहाँले सन 2008 पेइचिँग ओलम्पिक खेलकुद सफल हुने शुभकामना व्यक्त गर्नुभयो।
|