पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति हिजो जोमोलाङ्गमा अर्थात सगरमाथामा सफलताका साथ रिले गरियो। ओलम्पिक खेलकूदको पवित्र ज्योति विश्वको सर्वोच्च शिखर जोमोलाङ्गमा अर्थात सगरमाथा पुगेको यो पहिलो पटक हो। रुसको इतार-तास समाचार समिति, भारतको इन्डो-एशियन न्यूज सर्भिस लगायत विश्वका मुख्य संचारमाध्यमले हिजो उक्त गतिविधिबारेमा पमाचार प्रशारण गरेका छान्।
भारतको इन्डो-एशियन न्यूज सर्भिसले जनाए अनुसार, तिब्बती सदस्य लगायत दश जना राँकोवाहकहरुले हिजो जोमोलाङ्गमा पुगी चुचुरोमा चीनको राष्ट्रिय झण्डा, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको पाँचवटा गोली लोगो भएको झण्डा, पैचिङ्ग ओलम्पिक खेलकूदको झण्डा उठाएर विश्वका सम्पूर्ण दर्शकहरुसमक्ष पैचिङ्ग ओलम्पिक खेलकुदको शुभकामना चढाएका छन। द टाइमस अफ इन्डियाको वेभसाइटमा यसरी लेखिएको छः यस पटक पवित्र ज्योति जोमोलाङ्गमा पुगेको घटना पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रममा आकर्षित विषय हो र पैचिङ्ग ओलम्पिक खेलकूदप्रति चीनको विश्वास भरिपूर्ण भएको प्रतिविम्वित गरिएको छ।
यसका साथै इतार-तास लगायत रुसका मुख्य संचारमाध्यमले पनि समयमै उक्त रिले कार्यक्रमबारे जनाएका छन। इतार-तासले जनाए अनुसार, पवित्र ज्योति जोमोलाङ्गमा पुर्याइनु पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रममा सबभन्दा गौरव भाग हो।
यसका अतिरिक्त, सिंगापुर, ब्राजिल, अस्ट्रेलिया तथा जर्मनीका संचारमाध्यमहरुले पनि समयमै उक्त रिले कार्यक्रमबारे जनाएका छन।
|