china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली सञ्चार माध्यमद्वारा पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा पुर्‍याइएकोमा चौतर्फी रुपमा प्रशंसा
    (GMT+08:00) 2008-05-09 15:24:08    

             सिन ह्वा समाचार समितिका अनुसार, नेपाली सञ्चार माध्यमले पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा पुर्‍याइएकोमा आज चौतर्फी रुपमा समाचार प्रशारण गरी प्रशंसा व्यक्त गरेका छन्।

             नेपालको सरकारी अखवार अर्थात द राइजिङ्ग नेपालले पहिलो पानाको पहिलो भागमा नेपालका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले चीनका राष्ट्राध्यक्ष हु चिन थाउलाई पठाउनुभएको बधाइ सन्देशबारे समाचार प्रकाशित गरेको छ। उक्त बधाइ सन्देशमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले भन्नुभयो: पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा पुर्‍याइएको उपलक्ष्यमा मैले नेपाल सरकार, जनता र आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्राध्यक्ष हु चिन थाउ तथा चीन सरकार र जनतालाई हार्दिक बधाइ ज्ञापन गर्दछु। यसका साथै उहाँले सन 2008 पेइचिँग ओलम्पिक खेलकुद सफल हुने शुभकामना पनि व्यक्त गर्नुभयो।

             नेपालको द काठमाण्डौँ पोस्टले पनि पहिलो पानाको पहिलो भागमा चिनियाँ पर्वतारोहण दलले सगरमाथा चुचुरोमा ओलम्पिकको राँको उचालेको फोटो र लेख प्रकाशित गर्नुका साथै राँकोलाई सगरमाथा चुचुरोमा पुर्‍याइएको क्रमबारे बेलिविस्तार रुपमा समाचार छापेको छ।

            अर्को नेपालको मुख्य अंग्रेजि अखवार अर्थात द हिमालय टायमसले पनि पहिलो पानाको पहिलो भागमा लेख र फोटोमार्फत पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा पुर्‍याइएकोमा समाचार प्रकाशित गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040