 हिजो सगरमाथाको टाकुरामा ओलिम्पिक खेलकूदको ज्योति रिले कार्यक्रममा सहभागी पर्वतारोहण दलका सम्पूर्ण सदस्यहरु सकुशल रुपमा सगरमाथा शिविर फर्कीसकेका छन। सगरमाथाको टाकुरामा ओलिम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा आज बिहान सगरमाथा शिविरमा हर्ष-बढाइं समारोहको आयोजना गरिएको थियो। तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँगदब पुन्छोगले विशेष प्रवन्धमा राखिएको ओलिम्पिक द्विपलाई विशेष धातुबाट निर्मित कतारामा ज्योति प्रज्वलन गर्नुभयो। उक्त अवसरमा सगरमाथाको फेदीमा मानिसहरुले नाचगान गर्दै फर्केर आएको ओलिम्पिकको पवित्र ज्योतिको स्वागत गरेका छन।

सो हर्ष-बढाइं समारोहमा तिब्बत स्वायत्त प्रदेश र अखिल चीन राष्ट्रिय खेल व्यूरोका केही नेताहरुले यस पटक सगरमाथामा ओलिम्पिकको ज्योति रिले कार्यक्रममा सहभागी भएका पर्वतारोही, प्रशिक्षक, आरोहणका सहयोगी र छाँयाकार एवम् फोटो पत्रकाहरुलाई खादा र फूलको गुच्छा चढाउनुभएको थियो। यसका साथै उक्त रिले कार्यक्रमलाई सुनिश्चित पार्नका लागि गठित ज्योति अनुसनधान विभाग, जलवायु विभाग, संचार विभाग र रसद पानी प्रवन्ध विभागमा कार्यरत व्यक्तिहरुलगायत करीब दुइ सयजना महानुभावहरुको पनि त्यस समारोहमा उपस्थिति रहेको थियो।

|