चीनका एक सयभन्दा बढी प्रसिद्ध कलाकारहरुले एघार तारिखका दिन पैचिंगमा विश्वका विभन्न मुलुकका कलाकारहरुलाई एक पत्र पठाई पैचिंग ओलम्पिक खेलकुदका महत्वपूर्ण सांस्कृतिक कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएका छन।
उक्त पत्रमा भनिएअनुसार, ओलम्पिक खेलकुदको आयोजना गर्ने समयमा पैचिंगले विश्वका लागि गीति नाटक, ब्याले, आधुनिक नाच, अपेरा , गैर-वस्तुगत सांस्कृतिक सम्पत्ति प्रदर्शनी, वर्तमान युगका कला प्रदर्शनी जस्ता विविध सांस्कृतिक कार्यक्रमहरु तयार गरेर विश्वका सामु आधुनिक युगमा चीनको कलाको नवीकरण भएको धनाढ्य प्रतिफलहरु तथा चीनका उत्तम परम्परागत संस्कृति दर्शाउने छ। विश्वका पाँचैवटा महादेशका तीस हजारभन्दा बढी कलाकारहरुले पैचिंगमा भेला भई विश्वका विभिन्न क्षेत्र र विभिन्न जातिका सांस्कृतिक कला प्रदर्शन गर्नेछन।
उक्त पत्रमा भनिएअनुसार, पैचिंग ओलम्पिक खेलकुदका महत्वपूर्ण सांस्कृतिक कार्यक्रममार्फत चीनले विश्वका विभिन्न मुलुकका लागि आपसी जानकारी लिने एउटा कलात्मक चौतारी उपलव्ध गराउने छ।
|