चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज दारफुरमा बस्ने सरकार विरोधी सशस्त्र समूहले हाल सुडानको राजधानी कार्टुममा गरेको आक्रमणबाट सर्वसाधारण हताहत भएकोमा चीनले त्यसको निन्दा गरेको कुरा बताउनुभयो।
दारफुर क्षेत्रको सशस्त्र समूहले चाँडै नै राजनैतिक प्रक्रियामा भाग लिई सुडान सरकारसित पुनः वार्ता गरी दारफुर शान्ति सम्झौतामा सर्वतोमुखीरुपमा हस्ताक्षर गरेर सो क्षेत्रको शान्ति, स्थायीत्व र विकासको लक्ष्यलाई साकार तुल्याउने आशा चीनले गरेको कुरा पनि प्रवक्ता छिन कांगले प्रष्ट पार्नुभयो।
|