चीनको यांग सी नदीको सान स्या परियोजनाको विकास कम्पनी मातहत जल संभार जंकशन संचालन विभागले आज बाह्र तारिखका दिन जानकारी दिएअनुसार, स छुआन प्रान्तको जन छुआन जिल्लाको भूकम्पले सान स्याको ठूलो बाँधलाई कुनै प्रभाव पारेको छैन।
त्यस विभागका सम्बन्धित अधिकारीले भन्नुभएअनुसार, अहिलेको जाँचको अवस्थाअनुसार उक्त भूकम्पले सान स्याको ठूलो बाँधलाई असामान्य प्रभाव पारेको छैन र सान स्या परियोजनाको निर्माण कार्य ठीक तरिकाले भैरहेको छ।
|