china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तमा 7.8 रेक्टर स्केलको भूकम्प
    (GMT+08:00) 2008-05-12 18:45:59    

            पैचिंग समयअनुसार, आज बाह्र तारिख दिउँसो दुई बजेर अट्ठाइस मिनेट जाँदा चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प भएको छ। यस भूकम्पको झट्का निकै टाढासम्म अनुभव गरिएको छ। चीनको निंग स्या, छिंग हाई, शान्हाई आदि दशभन्दा बढी प्रान्त र शहरहरुमा यस भूकम्पको कम्पन अनुभव गरिएको छ। भूकम्पबाट हुन गएको जन-धनको क्षतिबारेको तथ्यांक संकलन गरिंदै छ।

             भूकम्प भएपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले तत्कालै महत्वपूर्ण निर्देशन दिंदै सकेसम्म छिटो घाइते भएका मानिसहरुको उपचारको व्यवस्था गर्न र प्रकोपग्रस्त क्षेत्रका मानिसहरुको जीउ-ज्यानको आवश्यक सुरक्षाको प्रवन्ध मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ। चीनका प्रधान मन्त्री वन च्या पाउ प्रकोप प्रभावित क्षेत्रमा उद्धार कार्यको निर्देशनका लागि प्रकोपग्रस्त क्षेत्रतर्फ जाँदैहुनुहुन्छ।

             यसका अतिरिक्त, चीनको भूकम्प विभागले पहिलो स्तरको पूर्वयोजना संचालन गर्दै प्रकोपग्रस्त क्षेत्रमा कार्य-टोली पठाएको छ।

              वन छुआन जिल्ला स छुआन प्रान्तको सदरमुकाम छंग तु शहरदेखि एक सय किलोमिटर उत्तर-पश्चिमिमा पर्दछ जहाँको जनसंख्या एक लाख दश हजारभन्दा बढी छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040