स छुआनको वन छुआन जिल्लामा आएको 7.8 रेक्टर स्केलको भूइँचालोबाट आज बेलुकी छ बजेसम्म स छुआन, कान सु, छुंग छिंग र युन नान आदि ठाउँका जम्मा एक सय सातजनाको मृत्यु हुनुका साथै चौंतीसजना घाइते भएका छन। यसबाट हुनगएको जन-धनको क्षतिबारेको तथ्यांक संकलन गरिंदै छ।
पैचिंग समयअनुसार, आज बाह्र तारिख दिउँसो दुई बजेर अट्ठाइस मिनेट जाँदा चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प भएको छ। यस भूकम्पको झट्का निकै टाढासम्म अनुभव गरिएको छ। चीनको निंग स्या, छिंग हाई, शान्हाई आदि दशभन्दा बढी प्रान्त र शहरहरुमा यस भूकम्पको कम्पन अनुभव गरिएको छ।
|