china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेकटर स्केलको भूकम्प (3)
    (GMT+08:00) 2008-05-12 20:27:25    

            पैचिंग समयअनुसार, आज बाह्र तारिख दिउँसो दुई बजेर अट्ठाइस मिनेट जाँदा चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प भएको छ। यस भूकम्पको झट्का निकै टाढासम्म अनुभव गरिएको छ। चीनको निंग स्या, छिंग हाई, शान्हाई आदि दशभन्दा बढी प्रान्त र शहरहरुमा यस भूकम्पको कम्पन अनुभव गरिएको छ। आज बेलुकी ६ बजेसम्म भूकम्पबाट स छुआन , कान सु , छुंग छिंग बदि क्षेत्रका एक सय सात जनाको ज्यान गएको छ।

            भूकम्प भएपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले तत्कालै महत्वपूर्ण निर्देशन दिंदै सकेसम्म छिटो घाइते भएका मानिसहरुको उपचारको व्यवस्था गर्न र प्रकोपग्रस्त क्षेत्रका मानिसहरुको जीउ-ज्यानको आवश्यक सुरक्षाको प्रवन्ध मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ। चीनका प्रधान मन्त्री वन च्या पाउ छङ तुमा उद्धार कार्यको निर्देशनका लागि प्रकोपग्रस्त क्षेत्रमा पुग्नुभएको छ । चिनियाँ सेना मातहत जरुरत कार्यको सामनासम्बन्धी कार्यालयका अधिकारीले जानकारी दिएअनुसार, भूकम्प गएपछि चिनियाँ जन-मुक्ति सेनाको चीफ अफ जनरल स्टाफको मुख्यालयको जरुरी अवस्थाका सामनासम्बन्धी पूर्व योजना छिटै संचालन गरिएको छ। छंग तु सैनिक विभागले प्रकोपको अवस्थाबारे जानकारी लिन भूकम्प केन्द्रमा कार्यकर्ता पठाउनुका साथै प्रकोपको अवस्थाबारे थाहा पाउन हेलिकोप्टर उडान पनि शुरु गराएको छ।

             यसका अतिरिक्त, चीनको भूकम्प विभागले पहिलो स्तरको पूर्व योजना संचालन गर्दै प्रकोपग्रस्त क्षेत्रमा कार्य टोली पनि पठाएको छ । प्रकोपको सामनासम्बन्धी राष्ट्रिय समिति र जन-मामिलासम्बन्धी मन्त्रालयले प्रकोप उद्धार कार्य-टोली गठन गरेर प्रकोपग्रस्त क्षेत्रमा पठाएका छन। चीनको रेडक्रस सोसाइटीले प्राकृतिक प्रकोपबाट उद्धार गर्ने र सहायता दिनेसम्बन्धी पहिलो स्तरको पूर्व योजना संचालन गर्दै आठ लाख युआन बराबरका सामानहरु प्रकोप ग्रस्त क्षेत्रमा पठाउँदैछन।

            प्राप्त जानकारीअनुसार, यांग सी नदीको सान स्या बाँधमा प्रभाव परेको छैन।

              वन छुआन जिल्ला स छुआन प्रान्तको सदरमुकाम छंग तु शहरदेखि एक सय किलोमिटर उत्तर-पश्चिमिमा पर्दछ जहाँको जनसंख्या एक लाख दश हजारभन्दा बढी छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040