चीनका प्रधानमन्त्री वन च्या पाउले आज स छुआनको भूकम्पग्रस्त क्षेत्र जाने विशेष विमानमा बोल्दै विभिन्न तहका सरकारी विभागले जनताको जीउ-धनको सुरक्षालाई उद्धार कार्यको पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।
यसमा साथै, उहाँले भूकम्पका कारण क्षतिग्रस्त भएका घरमा फसेका मानिसको उद्धार र उपचार र घाइते भएका सर्वसाधारणको उपचारको व्यवस्था राम्ररी गर्न, प्रकोप प्रभावित सर्वसाधारणको जीवनको व्यवस्था राम्ररी गर्न, ध्वस्त भएका आधारभूत प्रबन्धको पुनः मरम्मत गर्न र सामाजिक व्यवस्थाको सामान्य सञ्चालनलाई प्रत्याभूत गर्न विभिन्न तहका सरकारी विभागलाई निर्देशन दिनुभयो।
|