china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनमा आएको भूइँचालोबारे
    (GMT+08:00) 2008-05-12 20:48:18    

            स छुआनको वन छुआन जिल्लामा आएको 7.8 रेक्टर स्केलको भूइँचालोबाट आज बेलुकी छ बजेसम्म स छुआन, कान सु, छुंग छिंग र युन नान आदि ठाउँका जम्मा एक सय सातजनाको मृत्यु हुनुका साथै चौंतीसजना घाइते भएका छन। यसबाट हुनगएको जन-धनको क्षतिको विवरण संकलन गरिंदै छ।

             भूकम्प भएपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले तत्कालै महत्वपूर्ण निर्देशन दिंदै सकेसम्म छिटो घाइते भएका मानिसहरुको उपचारको व्यवस्था गर्न र प्रकोपग्रस्त क्षेत्रका मानिसहरुको जीउ-ज्यानको आवश्यक सुरक्षाको प्रवन्ध मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले आज स छुआनको भूकम्पग्रस्त क्षेत्र जाने विशेष विमानमा बोल्दै विभिन्न तहका सरकारी विभागले जनताको जीउ-धनको सुरक्षालाई उद्धार कार्यको पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।

             

              चिनियाँ सेना मातहत जरुरत कार्यको सामनासम्बन्धी कार्यालयका अधिकारीले जानकारी दिएअनुसार, भूकम्प गएपछि चिनियाँ जन-मुक्ति सेनाको चीफ अफ जनरल स्टाफको मुख्यालयको जरुरी अवस्थाका सामनासम्बन्धी पूर्व योजना छिटै संचालन गरिएको छ। छंग तु सैनिक विभागले प्रकोपको अवस्थाबारे जानकारी लिन भूकम्प केन्द्रमा कार्यकर्ता पठाउनुका साथै प्रकोपको अवस्थाबारे थाहा पाउन हेलिकोप्टर उडान पनि शुरु गराएको छ।

                यसका अतिरिक्त, चीनको भूकम्प विभागले पहिलो स्तरको पूर्व योजना संचालन गर्दै प्रकोपग्रस्त क्षेत्रमा कार्य टोली पनि पठाएको छ । प्रकोपको सामनासम्बन्धी राष्ट्रिय समिति र जन-मामिलासम्बन्धी मन्त्रालयले प्रकोप उद्धार कार्य-टोली गठन गरेर प्रकोपग्रस्त क्षेत्रमा पठाएका छन। चीनको रेडक्रस सोसाइटीले प्राकृतिक प्रकोपबाट उद्धार गर्ने र सहायता दिनेसम्बन्धी पहिलो स्तरको पूर्व योजना संचालन गर्दै आठ लाख युआन बराबरका सामानहरु प्रकोप ग्रस्त क्षेत्रमा पठाउँदैछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040