चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा हिजो 7.8 रेक्टर स्केलको भूकम्प भएपछि केही मुलुकका सरकारका प्रतिनिधि तथा नेताहरु एवम् अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुले दुःख व्यक्त गर्नुभएको छ।
जापानका प्रधानमन्त्री यासुओ फुकुदा, रुसका राष्ट्रपति दमिट्रि मेदभेजेभ, फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजीले हिजो चीनका राष्ट्राध्यक्ष हु चिङ्ग थाउलाई सन्देश पठाउनुभई भूकम्पबाट ठूलो जन-धनको क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको छ।
हिजै अमेरिकी राष्ट्रपति चर्च डब्लु बुशले एउटा वक्तव्य प्रकाशित गरी सो भूकम्पमा परी मारिएकाहरुका परिवार र घाइतेहरुप्रति सांत्वना व्यक्त गर्नुभएको छ।
संयक्त राष्ट्र संघका महासचिव बान कि मुनले चीनका परराष्ट्रमन्त्री याङ्ग चे छसँग टेलिफोन वार्ता गर्नुभई सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। यसका अतिरिक्त, पाकिस्तानका राष्ट्रपति पर्वेज मुशरफ, प्रधानमन्त्री शैयद युसुफ राजा गिलानीले पनि सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
|