प्राप्त तथ्यांकअनुसार, आज विहान आठ बजेसम्म चीनको पश्चिमी भागमा पर्ने स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूइँचालोमा परी स छ्वान, कान सु लगायतका आठवटा प्रान्तका करिब दश हजारजनाको मृत्यु भएको छ।
स छ्वान प्रान्तको वन छ्वान जिल्लामा हिजो दिउँसो दुइ बजेर अट्ठाइस मिनेट जाँदा सात दशमलब आठ रेक्टर स्केलको भूइँचालो गयो। भूइँचालो गएपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले तुरुन्तै महत्वपूर्ण निर्देशन दिई घाइतेहरुलाई चांडै नै उद्धार गर्न तथा भूइँचालोबाट प्रभावित क्षेत्रका जनताको सुरक्षालाई प्रत्याभूति दिन आदेश दिनुभयो।
चीनको राज्य परिषद्ले प्रधानमन्त्री वन च्या पाउको नेतृत्वमा भूइँचालोको प्रतिरोध तथा प्रकोपको उद्धार विभागको गठन गरेको छ। प्रधानमन्त्री वन च्या पाउले अहिले भूइँचालोबाट प्रभावित स छ्वान प्रान्तमा भूइँचालोको प्रतिरोध तथा प्रकोपको उद्धार कार्यको निर्देशन गरिरहनुभएको छ।
चिनियाँ अर्थ मन्त्रालयले आज घोषणा गरेअनुसार, भूइँचालोबाट प्रभावित क्षेत्रलाई सहायता दिन त्यसले जरुरीरुपमा छयासी करोड चिनियाँ युआन छुट्याएको छ।
हालसम्म भूइँचालोको प्रतिरोध तथा उद्धार कार्यमा भाग लिएका सैनिक तथा प्रहरीहरुको संख्या सत्र हजार पुगीसकेको छ।
|