पैचिंग ओलिम्पिक खेलकुद कार्यकारी समितिका अधिकारीले आज पैचिंगमा बोल्दै पैचिंग ओलिम्पिक खेलकुद कार्यकारी समितिले चीनको स व्छान् प्रान्तको वन् व्छान् जिल्लामा गएको भूइचालोका कारण मर्नेहरुप्रति गहिरो श्रद्धान्जली अर्पण गरेको कुरा बताउनुभयो। उहांका अनुसार चीनमा ओलिम्पिक खेलकुदको दीपको रिले कार्यक्रम भूइंचालोबाट प्रभावित हुनेछैन ।
योजना अनुसार जून महिनामा स व्छान् प्रान्तमा ओलिम्पिक खेलकुदको दीपको रिले कार्यक्रम आयोजना हुनेछ । यस पल्टको भूइंचालोबाट प्रभावित मेन् यांग आदि शहरहरु पनि रिले कार्यक्रमको आयोजना हुने शहरहरुको नामावलीमा रहेका छन् । यसैकारण पैचिंग ओलिम्पिक खेलकुदको प्रेस केन्द्रका जिम्मावारी व्यक्ति लि चेन् च्युनले बोल्दै पैचिंग ओलिम्पिक खेलकुद कार्यकारी समितिले भूइंचालीको अवस्थालाई निकै ध्यान दिनुका साथै भूइचालोका कारण मर्ने देशबन्धुहरुलाई गहिरो समवेदना अर्पण गरेको कुरा बताउनुभयो।
लि चेन् च्युनका अनुसार हाल चलिरहेको ओलिम्पिक खेलकुदको दीपको रिले कार्यक्रम वन् व्छान् जिल्लामा गएको भूइंचालोका कारण स्थगित हुनेछैन ।
|