बाह्र तारीख दिउंसो चीनको स व्छान् प्रान्तको वन् व्छान्मा भयंकर भूइंचालो गएपछि चीनका विभिन्न ठाउंले प्रकोपग्रस्त क्षेत्रलाई सहयोग गर्नका लागि बारम्बार आवश्यक कदम चाल्न सुरु गरेका छन् ।
स व्छान् प्रान्तमा भूइंचालो गएपछि पैचिंग नगरपालिकाले तुरुन्तै स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रलाई तीस लाख चिनियां युआन रकम चन्दा दिएको छ । पैचिंगका नरनारीहरु र व्यवसायहरुले विभिन्न माध्यमबाट स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रलाई रकम र मालसामान सहयोग स्वरुप चन्दा दिइरहेका छन् । चीनको पूर्वी भागमा पर्ने शांग हाइले चिकित्सक उद्धार दलको सक्रियताका साथ गठन गरिरहेको छ । चीनको उत्तरी भागमा पर्ने थिआन् चिंग शहरले स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा उद्धार कार्यका लागि दुइ सयजना विशेष प्रहरी पठाएको छ । यसका अतिरिक्त थिआन् चिंगले तीस लाख चिनियां युआन र अनुकूल मालसामानहरुको चन्दा पनि दिएको छ ।
चीनको हंग कंग रेडक्रस सोसाइटीले हिजो राति अखिल चिनियां रेडक्रस सोसाइटीमार्फत स व्छान्को प्रकोपग्रस्त क्षेत्रलाई पांच लाख चिनियां युआन् चन्दा दिएको छ ।
तेह्र तारीख दिउंसो दुइ बजेसम्म चिनियां रेडक्रस सोसाइटीलाई चीनका विभिन्न ठाउंबाट उपलव्ध गराइएको चन्दा स्वरुप प्राप्त रकम ताथा सामग्रीहरुको मूल्य छ करोड पचास लाख चिनियां युआन्भन्दा बढी पुगेको छ ।
|