चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिंगमा आयोजित नियमति पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय समाजले भूकम्प प्रभावित स छुआन क्षेत्रलाई दिएको समर्थन र सहायताप्रति चीन सरकारले धन्यवाद र स्वागत व्यक्त गरेको कुरा बताउनुभयो।
उहाँकाअनुसार, स छुआन प्रान्तको वन छ्आन जिल्लामा भूकम्प गएपछि धेरै मुलुक तथा अन्तर्राष्ट्रिय समाजले विभिन्न तरिकामार्फत चीन सरकारलाई समवेदना व्यक्त गर्नुका साथै चीन सरकार तथा चिनियाँ जनतालाई समर्थन तथा सहायता दिन इच्छुक रहेको कुरा व्यक्त गरेका छन। चीनका सम्बन्धित विभागले सम्पर्कको तरिका सार्वजनिक गरी सहायता दिन इच्छुक पक्षले सम्बन्धित विभागसित सम्पर्क गर्नसक्ने कुरा पनि उहाँले बताउनुभयो।
|