चीनको राष्ट्रिय पर्यटन व्यूरोका अधिकारीले आज पैचिङ्गमा बोल्दै स छुआनमा भएको भूकम्पबाट विदेशी पर्यटकहरु हताहत भएको सम्बन्धी प्रतिवेदन हालसम्म नपाएको जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रिय पर्यटन व्यूरोले पर्यटन जरुरी योजनाको कार्यान्वयन शुरु गरी प्रकोपग्रस्त क्षेत्रका पर्यटकहरुलाई सघाउन त्यहाँ जाने विभिन्न तयारी कार्य पूरा गरिसकेको छ।
हिजो दिउँसो स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि चीनको राष्ट्रिय पर्यटन व्यूरोले तुरुन्तै विभिन्न ठाउँका पर्यटन विभागसित प्रकोपग्रस्त क्षेत्रमा घुम्न जाने पर्यटन प्रतिनिधि मण्डलको कार्यक्रमलाई रोक्न आदेश दिएको छ।
|