china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बेइजि ओलम्पिक 2008 को ज्योति विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक पुर्‍याइएकोमा नेपालमा कार्यरत नेपाली चीन मैत्री संघहरुले खुशी प्रकट गरेका छन्
    (GMT+08:00) 2008-05-13 19:35:36    

            विश्वशान्ति, भातृत्व र सम्मुन्नतिको प्रतीक स्वरुप बेइजि ओलम्पिक 2008 को ज्योति विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक पुर्‍याइएकोमा नेपालमा कार्यरत नेपाल चीन मैत्री संघका प्रमुखहरुले हर्ष प्रकट गर्दै चीनलाई बधाइ दिएका छन् ।

                 चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले सि.आर.आई.सँग कुरा गर्दै बेइजि ओलम्पिक 2008 को ज्योतिलाई सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्‍याइनु नयाँ इतिहास भएको बताउनुभयो । यसले चीन र नेपाल विश्वका शान्तिपि्रय राष्ट हुन् भन्ने कुरा पनि प्रमाणित गरेको बताउँदै केन्द्रका अध्यक्ष रेग्मीले भन्नुभयो पूर्व निर्धारित समय र तालिका अनुसार नै चीनले ओलम्पिक ज्योतिलाई सगरमाथाको शिखरमा पुर्‍याएर विश्वभरी उत्साह थपिदिएको छ ।

                सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका सल्लाहकार तथा नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेलले चीनले 29औं गृष्मकालीन ओलम्पिक सफलतापूर्वक सम्पन्न गराउने कुराको एएटा राम्रो ओलम्पिक ज्योतिलाई विश्वको सर्वोच्च शिखरमा पुर्‍याइनु हो भन्नुभयो । नेपाल र चीनबीचको सुमधुर मैत्री सम्बन्धले तालिका अनुसार नै ओलम्पिक ज्योति सगरमाथाको शिरमा पुर्‍याउन सफल भएको बताउँदै पौडेलले भन्नुभयो विश्वभरिका युवा पुस्ताका लागि पनि यो कार्य अत्यन्त उत्साहप्रद छ ।

                अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले पनि सगरमाथाको शिखरमा ओलम्पिक ज्योति पुर्‍याइएकोमा चीनलाई बधाई दिँदै 29 औं ओलम्पिक विश्वकै अनुपम हुने कुरा सि.आर.आई.लाई बताउनुभयो ।

                नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भराईले सगरमाथा नेपालीहरुको गौरव भएको बताउँदै सगरमाथाको शिखरमा ओलम्पिक ज्योति पुर्‍याइएकोमा आफू अत्यन्त खुशी भएको सि.आर.आई.लाई बताउनुभयो । नयाँ युगमा नयाँ थालनी भएको बताउँदै 29 औं ओलम्पिकले विश्वमा शान्ति फैलाउन सफल हुने पनि बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040