हाल विभिन्न मुलुकका सरकार तथा नेताहरुले चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र प्रधानमन्त्री वन च्या पाउलाई सन्देश पठाउनुका साथै वक्तव्य प्रकाशित गरी चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा भएको ठूलो भूकम्प प्रकोपका लागि समवेदना व्यक्त गर्नुका साथै प्रकोपग्रस्त क्षेत्रमा सहायता उपलव्ध गराउने इच्छा प्रकट गर्नुभएको छ।
प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका श्रमिक पार्टीका महासचिव एबँ रक्षा समितिका अध्यक्ष किम चुंग इलले चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र प्रकोपग्रस्त क्षेत्रका जनताप्रति हार्दिक सहानुभूति तथा समबेदना व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले चाँडै नै प्रकोपको असरको सामनालाई सफल पार्न सक्ने आशा प्रकट गर्नुभएको छ।
यसै बीच पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफ र प्रधानमन्त्री साएद यौसुफ राजा गिलानीले सयौं पटकको संकटसामु शिर ननिहुरिएका चिनियाँ जनताले सबैभन्दा छोटो समयभित्र आफ्नो घरबारको पुनः निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै पाकिस्तानी जनताले महान चिनियाँ जनताको सक्दो समर्थन गर्ने कुरा बताउनुभएको छ।
गणतन्त्र कोरियाका राष्ट्रपति ली म्युंग बाकले उक्त प्रकोपबाट मृतक भएका व्यक्तिहरुप्रति समवेदना व्यक्त गर्दै गणतन्त्र कोरियाका केही विभागलाई चीनमा सहायता उपलव्ध गराउन निर्देशन दिनुभएको छ।
|