china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका विभिन्न ठाउंबाट स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रलाई सहायता उपलव्ध
    (GMT+08:00) 2008-05-13 21:31:27    

            बाह्र तारीख दिउंसो चीनको स व्छान् प्रान्तको वन् व्छान्‌मा भयंकर भूइंचालो गएपछि चीनका विभिन्न ठाउंले प्रकोपग्रस्त क्षेत्रलाई सहयोग गर्नका लागि बारम्बार आवश्यक कदम चाल्न सुरु गरेका छन् ।

             स व्छान्‌ प्रान्तमा भूइंचालो गएपछि पैचिंग नगरपालिकाले तुरुन्तै स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रलाई तीस लाख चिनियां युआन रकम चन्दा दिएको छ । पैचिंगका नरनारीहरु र व्यवसायहरुले विभिन्न माध्यमबाट स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रलाई रकम र मालसामान स्वरुप चन्दा दिइरहेका छन् । चीनको पूर्वी भागमा पर्ने शांग हाइले चिकित्सक उद्धार दलको सक्रियताका साथ गठन गरिरहेको छ । चीनको उत्तरी भागमा पर्ने थिआन् चिंग शहरले स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा उद्धार कार्यका लागि दुइ सयजना विशेष प्रहरी पठाएको छ । यसका अतिरिक्त थिआन् चिंगले तीस लाख चिनियां युआन र अनुकूल मालसामानहरुको चन्दा पनि दिएको छ ।

             चीनको हंग कंग रेडक्रस सोसाइटीले हिजो राति अखिल चिनियां रेडक्रस सोसाइटीमार्फत स व्छान्‌को प्रकोपग्रस्त क्षेत्रलाई पांच लाख चिनियां युआन्‌ चन्दा दिएको छ ।

              तेह्र तारीख बेलुका छ बजेसम्म चिनियां रेडक्रस सोसाइटीलाई चीनका विभिन्न ठाउंबाट उपलव्ध गराइएको चन्दा स्वरुप प्राप्त रकम ताथा सामग्रीहरुको मूल्य बाह्र करोड पचास लाख चिनियां युआन्‌भन्दा बढी पुगेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040