 अठार वर्षीया वांग वै च्या यु क्वान शहर खेलकुद विद्यालयमा बास्केटबल विषय अध्ययनरत तीन कक्षाका विद्यार्थी हुन। उनले च्या यु क्वानका कतिपय युवा-युवतीहरु बारम्बार कसरत गर्नेगरेको र कतिपय प्रौढ तथा बूढा-बूढीहरुको विहान कसरत गर्ने बानी रहेको जानकारी हामीलाई दिइन। खेलकुदप्रति च्या यु क्वानबासीको उत्साह तथा ओलम्पिक खेलकुदप्रति च्या यु क्वानबासीको प्रतिक्षाबारे चर्चा गर्दै उनी भन्छन,
हाम्रो च्या यु क्वान शहरमा खेलकुदसम्बन्धी कार्यक्रम बढी छन। हरेक प्रतियोगिताको आयोजना व्यवस्थित तरिकाले हुनेगर्दछ। हाम्रो विद्यालयमा विभिन्न खेलको तालिम धुमधामसँग भैरहेको छ। कान सु प्रान्तमा हरेक वर्ष विभिन्न किसिमका प्रतियोगिताको आयोजना हुनेगर्छन। ती प्रतियोगिताहरुले सर्वसाधारणलाई प्रभावित पारेका छन। हामी ओलम्पिक खेलकुदको प्रतिक्षामा छौं। चीनको खेलकुदको विकास अरु राम्रोसँग हुने आशा मैले गरेको छु।

खेलकुदप्रति सर्वसाधारणको उच्च लहरलाई प्रोत्साहित गर्नका लागि च्या यु क्वान नगर सरकारले महिनाको एक पटक शहर स्तरीय खेलकुद कार्यक्रमको आयोजना गर्नुपर्ने आदेश दिएको छ, उदाहरणका लागि, टेबलटेनिस प्रतियोगिता, बास्केटबल प्रतियोगिता आदि। ओलम्पिक खेलकुद नजिकिंदैआएको बेलामा च्या यु क्वान शहरका खेलकुद विभागले सन् 2007 मा कूल तेइसवटा ठूलो पैमानाका खेलकुद कार्यक्रमको आयोजना गरेको थियो। च्या यु क्वान शहरले सर्वसाधारणका लागि खेलकुद कार्यक्रमलाई दिएको महत्वबारे चर्चा गर्दै च्या यु क्वान शहरको खेलकुद विभागका प्रमुख मंग छिंग शुन भन्नुहुन्छ,
हामीले त्यति धेरै खेलकुद कार्यक्रमको आयोजना गरेको कुराबाट हाम्रो सरकारले सर्वासाधारणका लागि व्यायाम तथा शारीरिक स्वास्थ्यलाई ठूलो महत्व दिएको कुरा प्रतिबिम्बित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं महाधिवेशनमा जनताको स्वास्थ्यलाई ध्यान दिएर सर्वसाधारणको जीवनको गुणस्तर वृद्धि गर्न माग गरेको छ। सरकारी विभागको हैसियतले हाम्रो खेलकुद विभागको जिम्मेवारी स्पष्ट छ। हामीले जनताको स्वास्थ्यको स्तर वृद्धिका लागि तथा व्यायामप्रति जन-चेतना बढाउनका लागि निर्देशन दिनुपर्छ। हामीले यस्तो काम राम्रोसँग गर्नुका साथै खेलकुदसम्बन्धी उद्योगको विकासलाई पनि अघि बढाएका छौं जसका काराण जनताको शारीरिक गुणस्तर तथा जीवनको स्तर स्पष्ट रुपमा उकासिएको छ।

एउटा देशको प्रतिस्पर्धात्मक खेलकुदको स्तर त्यसको आर्थिक शक्तिसँग घनिष्ठ सम्बन्धित छ। तिब्र गतिमा भैरहेको चीनको आर्थिक विकासले विश्वमा झन-झन गहन असर पार्दैआएको छ। खेलकुदप्रति चिनियाँहरुको उत्साह दिन प्रतिदिन बढ्दैआएको छ। पैचिङ ओलम्पिक खेलकुदको आयोजना छिटै हुनलागेको छ। यस्तो उत्साह झन-झन बढी हुने विश्वास हामीले गरेका छौं।
|