अपूर्ण तथ्यांकअनुसार, हिजो बेलुकी सात बजेसम्म चीनको स छ्वान प्रान्तमा गएको विनाशकारी भूकम्पमा परी मारिनेहरुको संख्या बाह्र हजार बाह्र पुगेको छ भने नौ हजार चार सय चारजना अझै घरहरुका भग्नावशेषमा फसेका छन। सो दुर्घटनामा परेका सात हजार आठ सय एकचालीसजना अझै बेपत्ता छन।
स छ्वान प्रान्तको भूकम्पग्रस्त क्षेत्रमा भूकम्पको प्रतिरोध तथा उद्धारको निर्देशन गरिरहनुभएका चीनका प्रधानमन्त्री वन च्या पाउले सम्बन्धित पक्षसँग सक्दो प्रयासमार्फत भग्नावशेषमा फसेका मानिसहरुको सकेसम्म छिटो उद्धार गरी उनिहरुको ज्यान जोगाउन निर्देशन दिनुभएको छ।
हिजै प्रधानमन्त्री वन च्या पाउले वन छ्वान जिल्ला नजिकै पर्ने मेन यांग तर द यांग शहरमा भूकम्पबाट प्रभावित केही सर्वसाधारणलाई भेटी उनिहरुको अवस्थाबारे जानकारी लिनुभयो।
थाहा भएअनुसार, अहिलेसम्म भूकम्पग्रस्त क्षेत्रमा पुगेका चिनियाँ जन-मुक्ति सेना तथा प्रहरीको संख्या बीस हजारभन्दा बढी पुगेको छ। आज तिनीहरुको संख्या बीस हजार पुग्ने छ। अहिलेसम्म छब्बीस हजार घाइतेहरुको उपचार गरिसकिएको वताइएको छ।
|