चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत संयुक्त मोर्चा मन्त्रालयले हिजो एउटा सूचना सार्वजनिक गरी विभिन्न संयुक्त मोर्चा विभागसँग जरुरीरुपमा आवश्यक कदम चालेर क्षतिलाई सकेसम्म न्यून पार्न आग्रह गरेको छ।
उक्त सूचनाका अनुसार, विभिन्न संयुक्त मोर्चा विभागले विभिन्न प्रजातान्त्रिक पार्टी, मजदूर र वाणिज्य संघ निर्दलीय व्यक्तिहरुद्बारा भूकम्पको प्रतिरोध र उद्धार कार्यका सन्दर्भमा सुझाउको स्वागत गर्नुपर्ने छ। विभिन्न संयुक्त मोर्चा विभागले हंगकंग र मकाउका देश-बन्धुहरु, विदेशमा बसोबास गर्ने चिनियाँ मूलका विदेशीहरु र चिनियाँ प्रबासीहरुले प्रकोपग्रस्त क्षेत्रका जनतालाई जरुरी उद्धार सामग्री र जीवनका लागि आवश्यक वस्तु प्रदान गर्ने कुरालाई समर्थन दिनुपर्ने छ।
|