china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समुदायद्बारा चीनको भूकम्पग्रस्त क्षेत्रलाई सहायता
    (GMT+08:00) 2008-05-14 14:56:20    
             चीनको स छ्वान प्रान्तमा भूकम्प भएपछि अन्तर्राष्ट्रिय समुदायले हिजो प्रकोपको प्रतिरोध तथा उद्धार कार्यका लागि चीनलाई आर्थिक तथा मानवीय सहायता उपलव्ध गराउने वचनबद्धता व्यक्त गरेको छ।

                अमेरिकी व्हाइट हाउसका प्रवक्ता श्रीमती दाना पेरिनोले हिजै अमेरिकाले चीनलाई पाँच लाख अमेरिकी डलरको सहायता दिने घोषणा गर्नुभयो।

              नर्वेको विदेश मन्त्रालयले नर्वे सरकारले चीनलाई झण्डै उनान्चालीस लाख अमेरिकी डलरको सहायता दिने योजना गरेको जानकारी दिएको छ।

                जर्मनीले जर्मनीको रेडक्रस सोसाइटीमार्फत चीनको भूकम्पग्रस्त क्षेत्रलाई पाँच लाख यूरो सहायतास्वरुप उपलब्ध गराइसकेको कुरा जर्मन सरकारले जनाएको छ।

               बेल्जियमको विदेश मन्त्रालयद्बारा प्रकाशित विज्ञप्तिमा बेल्जियमले चीनलाई दुइ लाख पचास हजार यूरोको सहायता उपलब्ध गराउने कुरा जनाएको छ।

              फ्रान्सेली विदेश मन्त्रालयले एउटा विज्ञप्ति जारी गरी चीनका लागि आवश्यक उद्धारकर्ता, सामग्री तथा माल-सामान उपलब्ध गराउनसक्ने कुरा जनाएको छ।

               युक्रेनका जरुरी मामिलासम्बन्धी मन्त्री भोलोदभ्मिर शान्द्राले एक सय दुइजना चिकित्सक सम्मिलित घुम्ती अस्पताल चीन पठाउन युक्रेन सरकार तत्पर रहेको कुरा बताउनुभएको छ।

               यसका अतिरिक्त, जापानका विभिन्न राजनैतिक पार्टी, स्थानीय सरकार तथा मैत्रीपूर्ण व्यक्तिहरुले चीनलाई चन्दास्वरुप आर्थिक सहायता दिनेभएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040